हत्याको आरोपलागेका एक भारतीय नागरिक रुपन्देहीबाट पक्राउ

अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता, कार्तिक १ गते।

रुपन्देहीको ओमसतिया गाउँपालिकाका महेन्द्र कुर्मीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी भारत उत्तर प्रदेश गोरखपुर थाना कम्पियरगन्ज मछरी गाउँ बस्ने ४० वर्षीय मनिष हरिजन (चमार) लाई सार्वजनिक गरेको हो ।

गत भदौ २९ गते रुपन्देहीको रोहिणी गाउँपालिका-३ मा अज्ञात समूहको गोली प्रहारबाट कुर्मीको मृत्यु भएको थियो ।हरिजनलाई बिशेष सुराकीका आधारमा सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवाबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम बहादुर थापाले अनलाईन न्युजपाटीलाई बताए ।

सेतो रंगको हेलमेट लगाइ युपी ५३ डीबी ९९८३ नं.को कालो रंगको पल्सर मोटरसाइकलमा भारत तर्फबाट नेपाल तर्फ आउँदै गरेका हरिजनलाई नियन्त्रणमा लिइएको थापाले बताए । हत्यामा अन्य २ जनाको समेत संलग्नता रहेको र उनीहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको अनलाईन न्युजपाटीलाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *