सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता भदौ २८  गते ।  

महोत्तरीको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।एक साताअघि घटेको उक्त घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले घटनाबारे जानकारी गराएको हो। एक साताअघि बेलुका करिब ७ बजेतिर गाउँभन्दा दक्षिण खुला स्थानमा शौच गर्नका लागि गएकी किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।किशोरीलाई एक्लै देखेर चार युवाले उनलाई पक्रेर मुख थुन्दै धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन्। पालैपालो चारैजनाले बलात्कार गरेपछि किशोरी अर्धबेहोस भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा बस्तीमा पुग्दा स्थानीय तथा आफन्तले उनलाई सोधेपछि घटनाबारे बताएकी थिइन्। किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई आफन्त नै रहेको र आफूले चिनेको तथा दुई बाहिरी युवा रहेको बताएकी छिन्।अनुसन्धान गर्दा किशोरीलाई बलात्कार गर्ने चारैजना घटना घटाएर भारतको मुम्बई भागेको पाइएको बताएको छ। तर, प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारैजनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र उनीहरूको व्यापकरूपमा खोजतलास भइरहेको तथा उनीहरूलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *