अनलाईन न्युजपाटी, सप्तरी ,समाचारदाता ,असोज ६ गते ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्यचौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो ।केही दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस भएपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए । उक्त ट्याब्लेटको म्याद एक महिनाअघि अर्थात अगस्ट २०१९ मै सकिएको थियो । म्याद गुज्रेको औषधि खाँदा उनी हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदह बजारमा आइतबार साँझ बेहोस भएका थिए । स्थानीयले उनको उद्वार गरी औषधि हेर्दा म्याद गुज्रेको पाइएको स्थानीय गंगा साहले बताए । म्याद गुज्रेको औषधि
खाँदा विरामी वृद्धललाई
एलर्जी देखिएको स्वास्थ्य संस्थाका
हेल्थ असिस्टेन्ट योगेश
मण्डलले बताए ।
आफूहरुले यस्तो सूचना पाएपछि
एलर्जी ठीक पार्ने
औषधि दिएको उनले
बताए ।
‘कर्मचारीहरुले भूलवश म्याद गुज्रेको
औषधि दिएका रहेछन्’
उनले भने, ‘म्याद
गुज्रेका औषधिहरुलाई अलग ठाउँमा
राखे पनि वितरण
गर्ने कर्मचारीले त्यही
औषधि दिए ।’