बिराटनगरमा “नशा बिनाको जीवन सुन्दर छ” भन्ने नाराका साथ लागू औषध दुर्ब्यसन सचेतना मुलक फुटबल प्रतियोगिता हुदै

अनलाईन न्युजपाटी, बिराटनगर  ,समाचारदाता ,असोज ४  गते ।  

बिराटनगरमा “नशा बिनाको   जीवन सुन्दर छ” भन्ने नाराका साथ लागू औषध दुर्ब्यसन सचेतना मुलक फुटबल प्रतियोगिता हुने भएको छ । जीवन दृर्ष्टि सामुदायिक पुनर्स्थापना केन्द्रको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा आयोजक  सहित बिराटनगरका स्थापित ५ वटा र सुनसरीको ३ गरी ८ बटा क्लब सहभागि हुने छन् । प्रतियोगिता असोज १० देखि १७ गते सम्म स्थानिय स्नातकोत्तर क्याम्पसको खेल मैदानमा हुने कार्यक्रम संयोजक जय देवकोटाले जानकारी दिए ।

प्रतियोगिताको प्रथम पुरस्कार  रु ५१,५५१ र  दोस्रो पुरस्कार रु २५,५५१ रहेको छ भने ब्यक्तिगत बिधा तर्फ आकर्षक नगद पुरस्कार रहेको संयोजक देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *