डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि राष्ट्रिय क्रिकेट खेलाडीहरुद्धारा सहयोग

अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन १ गते

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा जारी सहयोग संकलन अभियानमा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकहरुले सहयोग गरेका छन् ।

यसैक्रममा राष्ट्रिय क्रिकेट खेलाडीहरुले समेत यो अभियानमा सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा जारी सहयोग संकलन अभियानमा नेपाली क्रिकेट टीमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले पाँच हजार रुपैया, सन्दीप लामिछानेले १० हजार रुपैया, नरेश बुढाऐरले आठ हजार, बिनोद भण्डारीले पाँच हजार रुपैया सहयोग गरेका छन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा जारी सहयोग संकलन अभियानका सदस्य राष्ट्रिय खेलकुद परिषद(राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटालाई राष्ट्रिय क्रिकेट खेलाडीहरुले सहयोग स्वरुप रकम हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *