अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १९ गते
दुबईमा हिजो राति भएको खेलमा चेन्नईले पञ्जाबलाई १० विकेटले पराजित गर्दै जित निकालेको हो ।
इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किङ्सले दोस्रो यो दोस्रो जित हो ।
पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।
चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरेका थिए । चेन्नईका लागि फाप डुप्लेसिसले ८७ तथा सेन वाटसनले ८३ रन बनाए।
चेन्नईका लागि शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुश चावलाले १/१ विकेट लिए। जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ ।