इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली ८ अंक सहित शीर्ष स्थानमा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २० गते

इन्डियन प्रिमियर लिग आईपीएलमा गए रातिको जित संगै दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

यूएईमा जारी प्रतियोगिता अन्तर्गत गए रातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १३७ रनमा सीमित भयो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन, वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे । दिल्लीका कागिसो राबडाले ४ विकेट, एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट झारे।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको थियो । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

पृथ्वी शले ४२ रन जोड्दा ऋषव पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।

दिल्लीले ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *