कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १० रनले हरायो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २२ गते

आइ.पि.एल.मा #IPL2020 अन्तर्गत बुधबार रातिको खेलमा कोलकाताले चेन्नईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नईको टिमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो ।

कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले ५१ बल सामना गरे, उनले ८ चौका र ३ छक्का का मद्दतले सर्वाधिक ८१ रन बनाएई म्यान अफ द म्याच भए ।

#IPL2020चेन्नईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । अन्तिम ओभरमा आन्द्रे रसेलले १५ रनभन्दा बढी दिएनन् ।

 चेन्नईको सुरुवात १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो ।#IPL2020  त्यसपछिको बाँकी १० ओभरमा चेन्नाईले मात्रै ६७ रन बनाउन सक्यो ।

चेन्नइका लागि शेन वाटसनले ५० रन ,कप्तान महेन्द्र सिंह धोनीले ११ रन ,केदार जाधवले १२ बलमा मात्र ७ रन बनाउन सके ।

पहिले टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन #IPL2020 बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *