मुम्बई इण्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २१ गते

मुम्बई इण्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

दिल्लीले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । मुम्बई अब लगातार दोस्रो पटक उपाधि जित्नबाट एक जित मात्र टाढा छ ।

उता क्वालिफायरमा पराजित भएपनि दिल्लीले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ ।  शुक्रबार हुने सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।

सर्वाधिक चार पटकको च्याम्पियन मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो । सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको थियो ।

लिगमा पहिलो भएको मुम्बई र दोस्रो भएको दिल्लीबीच क्वालिफायर खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा रहेपनि खेल एकपक्षीय जस्तै रह्यो ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्य कुमार यादव र इशन किसनको अर्धशतक तथा हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङ मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो ।

दोस्रो ओभरको तेस्रो बलमै कप्तान रोहित शर्मा खाता नखोली आउट भएपनि अर्का ओपनर क्विन्टन डि कक र सूर्य कुमार यादवले मुम्बईलाई राम्रो सुरुवात दिलाए । रोहितलाई रविचन्द्र आश्विनले एलबीडब्लु गरे । डि कक र यूर्य कुमारले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । २५ बलमा ५ चौका र १ छक्का सहित ४० रन बनाएपछि डि कक आठौं ओभरको चौथो बलमा रविचन्द्रन आश्विनको बलमा शिखर धवनद्वारा क्याचआउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *