आईपीएल टी—ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्वालिफायर्समा प्रवेश

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २२ गते

इन्डियन प्रिमियर लिग (आईपीएल) टी—ट्वान्टी क्रिकेटको एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो ।

भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका बिराट कोहलीले कप्तानी सम्हालेको बैंगलोर भने नकआउट भएको छ । अब फाइनल प्रवेशका लागि सनराइजर्सले क्वालिफायर–२ मा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । टस जितेर बलिङ रोजेको हैदराबादले बैंगलोरबाट १ सय ३२ रनको लक्ष्य पाएको थियो । बैंगलोरबाट पाएको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

हैदराबादका लागि केन विलियम्सले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, जासन होल्डरले अविजित २४ रन बनाए । मनिस पाण्डेले २४ रन जोड्दा हैदराबादका कप्तान डेभिड वार्नरले १७ रनको योगदान दिए ।

हैदराबादविरुद्ध बैंगलोरका मोहम्मद सिराजले २ विकेट लिए भने एडम जाम्पा र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए  । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरका ७ विकेट गुमाउँदै १ सय ३१ रनको योगफल बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *