अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २५ गते
यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-२० क्रिकेटको फाइनल आज हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ७:४५ बजेबाट सुरू हुने छ ।
मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनलमा पुगेको हो ।
पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ ।
दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।