दिल्लीलाई ५ विकेटले हराउदै मुम्बई बन्यो आईपीएल २०२० च्याम्पीयन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २६ गते

इण्डियन प्रिमियर लिग (आईपीएल) IPL२०२० सीजनमा मुम्बई इन्डियन्स च्याम्पीयन बनेको छ।

मंगलबार राति दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा दिल्ली क्यापीटल्सलाई पराजित गर्दै लगातार पाचौ पटक उपाधि जितेको छ ।

मंगलबारको फाइनल खेलमा मुम्बइले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । आइपीएल २०२० को यो सिजनसँग १३ औ सिजन पूरा भएको छ ।

मुम्बइले मात्रै ५ पटक उपाधि कब्जा गर्न सफल भएको छ । मंगलबारको खेलमा दिल्लीले मुम्बई १ सय ५७ रनको लक्ष्य दिएको थियो । जसलाई मुम्बाइले मुम्बईले १८ दशमलव ४ ओभरमा पूरा गरेको थियो ।

उसका लागि रोहित शर्माले ६८, क्विन्टन डी ककले २० रन बनाएका थिए । त्यस्तै इशान किशन अविजित ३३ रन बनाउन सफल भए ।

बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाउन सफल भएको थियो ।

 कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाएका थिए । त्यस्तै बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेटका थिए ।

मुम्बइले सन २०१३, २०१५, २०१७, २०१९ र २०२० गरि पाँच पटक फाइनल जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *