नेपाली क्रिकेटर सन्दीप लामिछाने पनि कोरोना संक्रमित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १३ गते

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीपले आफूलाई  कोरोना संक्रमण पुष्टि भएको  सामाजिक संञ्जाल ट्विटर मार्फत साझा गरेको छन् । उनले  मध्यराती ट्विट गर्दै  बुधबारदेखि शरिरमा दुखाइ महसुस भएको बताउँदै  कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । 

उनले द्विटमा लेखेका छन् ‘मलाई कोभिड-१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो। बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो। तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छ’, आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं  उनले ट्विट गरेका छन्। सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु। तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *