सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २९ गते।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिसीय क्रिकेटमा नेपालले विश्व कीर्तिमानै कीर्तिमान रचेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बनाएको हो । नेपालले अमेरिकालाई आठ विकेटले पराजित गर्न सफल भयो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि पारस खड्काले अविजित २० रन बनाए । पारसले १२ बलमा तीन चौका र एक छक्का हानेका थिए । दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । उनले ११ बलमा दुई चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए । ज्ञानेन्द्र मल्ल एक र सुवास खकुरेल शून्यमा आउट भए । नेपालको यो एकदिवसीयमा सर्वाधिक छिटो जित पनि हो । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा सवै विकेटको क्षतिमा ३५ रनमा समेटियो । यो एकदिवसीयको सर्वाधिक कम रनको योगफल हो । यसअघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared