नेपाल आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन १७ गते।

एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककमा दिउँसो १२:१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपाली टोलीको मनोबल उच्च रहेको छ । यसअघिका भिडन्तमा पनि नेपाल बलियो देखिएकोले मलेसियालाई हराउन सक्षम छ । नेपाल र मलेसियाबीच यसअघि सात पटक भिडन्त भएको छ । जसमा नेपालले ६ र मलेसियाले एक खेल जितेका छन् । यस प्रतियोगितामा सहभागी पाँच देशमध्ये नेपाल आईसीसी एकदिवसीय मान्यता प्राप्त एक्लो देश हो । प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् । नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ तारिख सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared