नेपालले आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले पराजित गरे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन २१ गते।

एसीसी टी–२० इस्टर्न रिजर्न २०२०  प्रतियोगितामा नेपालले पहिलो जीत हासिल गरेको छ । पहिलो दुई खेलमा पराजित भएको नेपालले आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । नेपालले जीतका लागि पाएको ६७ रनको लक्ष्य मात्र १ विकेट गुमाएर ५.३ ओभरमा पछ्यायो ।नेपालको जीतमा कुशल मल्लले नटआउट रहँदै सर्वाधिक ३६ रन बनाए । १८ बलमा उनले ५ चौका र २ छक्का हिर्काए । पवन शरार्फले मात्र १० बलमा २७ रन बनाए । यसक्रममा उनले २ चौका र ३ छक्का हिर्काए । पूर्वकप्तान पारस खड्का भने ९ रनमा आउट हुन पुगेका थिए ।यसअघि, नेपालको कसिलो बलिङ सामु थाइल्याण्ड २० ओभरमा ६६ रनमा समेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *