कोरोनाका कारणले इपिएल अनिश्चितकालका लागि स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन २२ गते।

आउँदो १ चैतबाट सुरु हुने भनिएको इपिएल कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको बिहीबार पत्रकार सम्मेलनमार्फत इपिएलका प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए । इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो। यसपटकको इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओ’ब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपाल बताइएको थियो।विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण खेलकुदका प्रतियोगितालाई असर गरिरहेको छ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिता स्थागित गर्न सुझाव दिएकाले पनि प्रतियोगिता स्थागन गरिएको उनले बताए । अनुकूल वातावरण भएपछि खेल तालिका तय गरिने अख्तरले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared