लकडाउन पछि ऐतिहासिक क्रिकेट खेल्न वेष्टइन्डिज टोली इंग्ल्याण्डमा पुग्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २८  गते

वेष्टइन्डिज क्रिकेट टोली मङ्गलबार इंग्ल्याण्डको म्यान्चेष्टर पुगेको छ । गत मार्च महिनामा लकडाउन पछि इंग्ल्याण्डको भूमिमा आइपुग्ने वेष्टइन्डिज पहिलो खेलकुद टोली हो ।

इंग्ल्याण्ड क्रिकेट टोलीसँग वेष्टइन्डिजले तीन म्याचको टेष्ट श्रृङ्खला खेल्नेछ । जुन ४ तारेखदेखि नै सुरु हुने निर्धारण गरिएपनि अब भने पहिलो टेष्ट म्याच जुलाइ ८ मा सुरु हुने गरी तय गरिएको छ ।

३९ सदस्य सम्मिलित टोलीमा २५ जना खेलाडी रहेका छन् । एन्टिगुआबाट म्यान्चेष्टरका लागि चार्टर विमान बस्नुअघि कोरोना परीक्षण गरिएको छ । सबै खेलाडी कोरोनामुक्त छन् ।

एमिरेट्सस्थित ओल्ड ट्राफोर्ड पुग्ने बित्तिकै सबै खेलाडीको पुर्नपरीक्षण गरिनेछ । ओल्ड ट्राफोर्डमा क्रिकेट टोलीले तीन साता बिताउनेछ । लगत्तै पहिलो टेष्ट खेल्न क्रिकेट टोली साउथम्पटन प्रस्थान गर्नेछ ।

वेष्टइन्डिज क्रिकेट टोलीका कप्तान जैसन होल्डरले खेलकुद जगतमा यो सबैभन्दा महत्वपूर्ण पाइला हुने प्रतिक्रिया दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *