अमेरिकामा ६० लाख भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १२ गते

अमेरिकाको ६० लाखभन्दा धेरै जनसंख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चेकजाँचका क्रममा अहिलेसम्म ६० लाख ४६ हजार १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

एकै दिन ४४ हजार एक सय ५७ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ६० लाख ४६ हजार १५२ पुगेको हो । अमेरिकामा कोरोनाका कारण एक लाख ८४ हजार सात सय ८१जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९३ जनाले ज्यान गुमाए ।

३३ लाख ४७ हजार ४०१ जना उपचारपछि निको भएका छन् ।

२५ लाख १४ हजार आठ सय ९७ जना उपचाररत रहेकोमा १६ हजार तीन सय ७१ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *