अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ १ गते।
आज देशभर माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ। नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।
आज स्नान गरि विभिन्न किसिमको बस्तुहरु दान गर्ने गरिन्छ । माघे सङ्क्रान्तिका दिन मुरहीको लड्डु, च्युराको लड्डु , तिलको लड्डुको साथै घ्यू, खिचडी खाने चलन छ।