आईपीएलमा आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ७ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २० गते।

आईपीएलमा आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

 पञ्जाबका लागि कप्तान मयंक अग्रवालले अविजित रहँदै सर्वाधिक ९९ रन बनाउँदा डेविड मलानले २६ रन बनाए। त्यस्तै, क्रिश गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन जोडे।

दिल्लीका लागि कगिसो रबाडाले ३ तथा अभेस खान र अक्षर पटेलले समान १/१ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले अविजित रहँदै ६९ रन बनाउँदा पृथ्वी शले ३९ रन जोडे।

त्यस्तै, स्टिभ स्मिथले २४, शिम्रोन हेटमायरले १६ र रिसब पन्तले १४ रन बनाए। पञ्जाबका राइली मेरेडिथ, क्रिश जोर्डन र हरप्रीत ब्रारले १/१ विकेट लिए।

आठ खेल खेलेको दिल्लीले ६ खेलमा जित निकाल्दै १२ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको पञ्जाब ३ खेलमा मात्रै जित निकाल्दै छैटौँ स्थानमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *