अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १४ गते।
आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदको अवसरमा शुभकामना दिँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ । यो पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने उहाँले बताउनु भएको छ ।
यस्तै, उपराष्ट्रपति, मुख्यमन्त्री, सभामुख, राजनीतिक दलका शीर्ष नेताहरुले पनि बकर इदको अवसरमा शुभकामना दिएका छन् ।