राष्ट्रिय सभाको बैठक आज बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन ११ गते

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १२:१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *