अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन १५ गते
बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूको आज हुने शपथग्रहण कार्यक्रम स्थगित भएको छ ।
बुधबार मुख्यमन्त्री बहादुर सिं लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौँ हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो ।