विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, माघ ९ गते

विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ ।

यो दिन विशेषगरी विद्या, बुद्धि र सिर्जनशीलताको देवी सरस्वतीको पूजा गरेमा ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ। देशभरका सरस्वती मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

यस अवसरमा विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा रहेको छ। आजकै दिन लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त हुने मान्यता छ।

हातमा वीणा र पुस्तक लिएकी, चन्द्रमाजस्तै उज्यालो वर्णकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता विभिन्न नामले पुकार्छन्।

यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ, किनभने सूर्य उत्तरतिर लाग्नाले दिन लामो हुँदै जान्छ र वसन्त ऋतुको सुरुआत हुने विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *