अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ ७ गते
धनुषामा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म बढाइएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले निषेधाज्ञाको समय बढाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउनका लागि स्थानीय प्रशासन ऐन दफा २०२८ ६९३० अनुसार सो आदेश जारी गरिएको हो । लकडाउनको अवधिमा बिहान १०:०० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने छन् ।
धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर रुपमा वृद्धि हुन थालेपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि शुरु गरेको एक साताको लकडाउनको अवधिमा एक-एक साता थपिँदै गएको छ ।

धनुषा अहिले संक्रमिती संख्या १२ सय ३१ पुगेको हो भन्ने अहिले सम्म १० जनाको मृत्यु भई सकेको छ । ४४० सक्रिय संक्रमित मध्ये ८० जना आइसोलेसनमा छ भन्ने ३६० होम आइसोलेसनमा रहेका छन् ।