अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, भदौ २० गते
बिश्वभरी फैलिएको कोरोना माहामारिको बेला छिपहर माई गाउँपालिका र वडामा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसले एक कार्यक्रम को आयोजना गरेको छ।
छिपहर माई गाऊपालीका मा नेपाली कांग्रेसद्वारा गरिएको कार्यक्रम मा गाऊपालीकामा भइरहेको भ्रष्टाचार को भाँडाफोर र कोरोना सम्बन्धी कसरी सुरक्षित रहन सकिन्छ भन्ने चर्चा गरेको छ। नेपाली कांग्रेसका युवा नेता नवीन सिंहले सो कार्यक्रममा बोलदै जन्ताहरु खान नपाई भोक भोकै मर्ने अवस्था आएको छ। तर गाउपालिकाले गरिब, मजदुर,र अति बिपन्न् लाई राहत को ब्यवस्थापन गर्न नसक्नु लज्जास्पद रहेको बताएका छन।
नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने अहिले बिकाश होइन जन्ता कोरोना भाइरस बाट बचाउनु पर्ने भन्दै गाऊपालीकाले एक घर एक एक पिसिआर चेक गर्न माग गरेका छन। पटकपटक लकडाउन र निशेधाज्ञाका कारण गरिब,र मजदुर जन्ता लाई गाउँपालिकाले राहत दिनुपर्ने सथै औसधि उपचार र आईशोलेसन को ब्यवस्थापन गर्नुपर्ने बताएका छन।
उक्त कार्यक्रम का प्रमुख अतिथी जिल्ला सचिव किशोरी साह कानु,जिल्ला सदस्य नवीन सिंह, क्षेत्रीय अध्यक्ष रमेश पान्डे, र क्षेत्रीय सदस्य रामा शंकर साह को उपस्थित रहेको थियो