कञ्चनपुरबाट अवैध काठ सहित एकजना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असोज १२ गते

आरामिलमा राखिएको अवैध काठ सहित कञ्चनपुरबाट  एकजना पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ को देखतभुली पर्सियाका २७ वर्षीय प्रदिप रानालाई अवैध काठ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षकले सञ्चालन गरेको आरामिलमा चौखुट, झ्याल, ढोका, गोलिया,भ्यान्टीलेसन समेत गरेर ६० क्युफिट बराबर अवैध काठ बरामद गरिएको बताए।

काठ सहित रानालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाईएको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *