अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २४ गते।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा लव जोशीको ब्लड क्यान्सरबाट मृत्यु भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा एक सातादेखि उपचाररत उनको हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मेडिसिटी अस्पतालमा कार्डियो विभागका प्रमुख रहे पनि केही दिन अघि मात्र त्यहाँबाट राजिनामा दिएका थिए ।
एक साता अघि मात्र उनमा (ब्लड क्यान्सर) रगतको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि भने उनी उपचारमा थिए । हिजो उपचारकै क्रममा डा जोशीको मेडिसिटी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
डा जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत पुस १ गतेदेखि स्टार अस्पतालबाट सेवा दिने जानकारी दिएका थिए।