अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २४ गते।
कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका -१३ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो राती १:१५ बजे मृत्यु भएको हो । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
उनमा मंसीर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।