नेपाली काग्रेंसले भोलि धनगढीमा पनि विरोध सभा गर्ने

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर २८ गते।

भोलि मङ्सिर २९ गते देशभर गर्ने प्रदर्शन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले सुदूरपश्चिम प्रदेशको अस्ताइ राजधानी धनगढीमा पनि विरोध सभा गर्ने भएको छ । 

प्रदेशका विभिन्न जिल्लाहरू मा विरोध सभा हुने बारे आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो । 

सोमबार मध्यान्ह धनगढीको पार्क मोडमा विरोध सभा हुनेछ । कैलालीको धनगढीमा हुने विरोध सभालाई काँग्रेस नेता गगन थापाले सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापा धनगढीको विरोध सभा सम्बोधन गर्नका लागि आज धनगढी पुग्न लागेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मङ्सिर मा तनहुँमा भएको धरपकड, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासीनता र स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने काँग्रेसको तयारी छ । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन क्षेत्रीय, नगर र गाउँ कार्य समिति तथा सबै भातृ संठनका कार्यकर्ता र शुभचिन्तकहरू सहभागी हुने नेपाली काँग्रेस कैलालीले जानकारी गरेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *