सर्लाहीमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाईन न्युजपाटी सर्लाही,समाचारदाता,माघ ८ गते।

यात्रु बस दुर्घटना हुँदा सर्लाहीको हरिवन नगरपालिका–४ मा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

ना ५ ख ४४८८ नम्बरको बस दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *