अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ८ गते।
जल तथा मौसम बिभागका अनुसार हाल देशको पूर्वी र मध्य भू-भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भू-भागहरुमा आकाशमा बादल लागे संगै राम्रो संग घाम नलाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागहरुमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा जल तथा मौसम बिभागको अनुरोध छ ।