अनलाईन न्युजपाटी शहबाज खान, कपिलवस्तु समाचारदाता,माघ ८ गते।
शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगर ले भारत बाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय पचहत्तर भारतीय रुपैया बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसी को कमान्डमा खटिएको टोलीले उक्त रुपैया बरामद गरेको हो ।
भारत तर्फबाट नेपाल आउदै गरेको पैदल यात्रि जिल्ला बाग्लुंङ निसीखोला गाउपालिका वडा नं. ५ बर्ष ३१ का भागिलाल विकको झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ।
भारतीय रुपयाको साथ साथै एक डालर अमेरीकी र दुई सय वैसा ओमानको पनि भेटिएको छ। चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरको टोलीले बिहिवार बिहान लगभग १० – ११ बजेका बिच उक्त भारतीय रुपैया बरामद गरेको हो ।
सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी गरिरहेको कुरा शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन्।