उखु किसान संघर्ष समितिद्धारा पुनः आन्दोलनको घोषणा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ९ गते।

चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका हुन् ।

सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् । बाँकी रहेको बक्यौता रकम भुक्तानी नपाएपछि उखु किसान सङ्घर्ष समितिले बिहीबार विज्ञप्ती जारी गरी पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले पाउनुपर्ने ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी भएको र आठ करोड मात्रै बाँकी रहेको बताए पनि त्यसको विवरण नदिएको रायले बताउनुभयो । कुन किसानले कति रकम पाए भन्ने विवरण मन्त्रालयले नदिएकाले उद्योगीले गरेको भनिएको भुक्तानी पनि विश्वसनीय नभएको किसानको भनाइ छ । 

आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।

त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *