सवारी चालक लाइसेन्सको अनलाइन फारम आजदेखि खुल्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ९ गते।

सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन फारम आजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएको हाे ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार निश्चित कोटा सिस्टम पनि हट्ने भएको छ । यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासाहरू आएका थिए ।

अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *