शीतलहरका कारण थप ४ दिनकालागि बिद्यालय बन्द गर्ने कपिलवस्तु नगरपालिकाको निर्णय

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, माघ १२ गते।

कपिलवस्तु नगरपालिकाले जाडो बढे पछि थप ४ दिनकालागि बिद्यालय बन्द गर्ने निर्णय गरेको  छ । शीतलहरका कारण जाडो बढे पछि पठनपाठनमा समस्या आए पछि बिद्यालयमा जाडो बिदा थपिएको हो । अन्य पालिकाले आज भोलीमा निर्णय गर्ने मानसिकता वनाएको वताइएको छ ।

सूरुमा गत माघ  ८ देखि माघ १० सम्मकालागि नगरपालिकामा रहेको सबै सरकारी र निजी बिद्यालयहरु बन्द गरिएको थियो । 

नगर शिक्षा समितिको निर्णय अनुसार ४ दिनकालागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा ईकाईका उप सचिवले बताए ।  माघ १५ देखि बिदालय संचालन हुने बताईएको छ ।

मायादेबबी गाउपालिमा समेत बिद्यालयमा ३ दिनकालागि जाडो बिदा दिइएको छ । स्वास्थय तथा अध्ययन अध्यापन कार्यमा असर गर्ने भन्र्दै गाउपालिमा भित्र रहेको सबै बिद्यालय बन्द गरिएको हो । गाउपालिका शिक्षा शाखाका प्रमुख अमिन प्रसाद कुर्मीले सुचना निकाल्दै गाउपालिका भित्र रहेका सबै बिद्यालयमा ३ दिनकालागि बन्द गर्ने जनाएका छन । माघको सूरु देखि नै कपिलवसतुमा पश्चिमेली हावासंगै बाक्लो हुस्सु र शीत लहरले जनजीवन प्रभावित हुदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *