अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ ६ गते।
पाकिस्तानमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।
पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिनुभयो ।
उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार दिएका छन् ।
घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।