लागुऔषधसहित चारजना युवा महोत्तरीबाट पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ८ गते।

लागुऔषधसहित चारजना युवा महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले बर्दिवास ३ पाटुबाट लागुऔषधसहित तीनजना युवालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका १४ बस्ने २८ वर्षीय ईन्द्रजीत साह सोनार, सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने २४ वर्षीय रोशन थापा र सिन्धुली गोलन्जोर गाउँपालिका ५ बस्ने रोहित थापा रहेका छन् । प्रहरीले उनीहरुले प्रयोग गरेको बा८२प ५११८ नम्वरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट स्पास्मो प्रोक्सिभान प्लस लेखिएको पाँच पत्ता ४० वटा र सोडियन फोसफेट एण्ड क्लोरपफेनिरमाइन मेल्ट सिरफ १०० एमएल २५ बोतल बरामद भएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *