आज थपिए ७ हजार ४२५ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ५ लाख २० हजार ४६१पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १० गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७ हजार ४२५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ५ लाख २० हजार ४६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ८५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *