अछाममा पुनः जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १२ गते।

अछाममा जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ। 

मंगलबार जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरको हो। 

जिल्लामा कोरोना महामारी र संक्रमण दर यथावत रहेकाले फेरी पनि निषेधाज्ञा थप्नु परेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए।

जिल्लामा कोरोनाको संक्रमण दरमा कमि नआएकाले सबैलाइ सुरक्षित रहन र निषेधाज्ञाको पुर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *