अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २८ गते।
धनुषामा पोखरीमा डुबेर पाँचजना बालिकाको मृत्यु भएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनीया वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा रहेको हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा ५ जना बालिकाको डुबेर मृत्यू भएको हो ।
दिउँसो १२ बजेको समयमा घर नजिककौ नुहाउन गएको बेला उनीहरुको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर र उत्तिम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक रानाभाटले बताए । अहिले बेपत्ताहरुको खोजी कार्य जारी रहेको समेत उनले जानकारी दिए ।