आज थपिए २ हजार ९१८ जना कोरोना संक्रमित, कुल संख्या ६ लाख ३१ हजार ८६० पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।

आज पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा थप २ हजार ९१८जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख ३१ हजार ८६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ५ लाख ३६ हजार २५२  जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा आठ हजार ४६५ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *