मैथिल ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष भगवानझाद्धारा लक्ष्मीनियाँ गाउँपालिका भ्रमण

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,असार १ गते।

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड-१९) बाट  नेपाल पछुतो रहेको छैन। अग्रपंथीमा भई आफ्नो जिम्मेवारीलाई पालना गर्दै आएका मैथिल ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष भगवान झाले लक्ष्मीनियाँ गाउँपालिकाको कुम्हरौडा गाउँ भ्रमण गर्नुभएको छ।

सो क्रममा कुम्हरौडा गाउँमा रहेको एतिहासिक, पौराणिक हनुमान मन्दिर तथा दुर्गा मन्दिर दर्शन गर्नु भएको छ। दुर्गा मन्दिर का अध्यक्ष जिबु झाले वहा लाई पाग,दोसल्ल्ला ओढाएर स्वागत गरेका थिए।

मैथिल ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष भगवान झाले आफ्नो मनको कुरा राख्दै भने एतिहासिक र पौराणिक अस्तित्व बोकेको मन्दिरलाई चाडै जिर्नोउद्धार तथा सौन्दर्यकरण गरिने छ।

 उक्त स्वागत कार्यक्रममा मैथिल ब्राह्मण समाजका जिल्ला अध्यक्ष नविन झा ,मुन्ना झा, सुदिप झाको समेत उपस्थिति थियो।

साथै अध्यक्ष झा ले भने कोरोना भाइरसको संक्रमणबाट बच्न सबैले आ-आफ्नो आनिबानिमा तथा सरसफाई परीवर्तन ल्याउनु पर्ने बताए । यसबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले अनिवार्य रुपमा पालन गर्न भनेका सबै नियम पालन गर्न समेत आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *