इन्धन ढुवानी गर्ने ट्यांकरका चालकलगायत सबै श्रमिकलाई कोरोनाविरुद्धको खोप दिन सरकार सहमत

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १ गते।

इन्धन ढुवानी गर्ने ट्यांकरका चालकलगायत सबै श्रमिकलाई कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलित चालकहरुले आन्दोलन फिर्ता लिने भएका छन् ।

नेपाल आयल निगम र  नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,’ संघका अध्यक्षले बताए ।

वार्तामा बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति गरिएको छ

त्यस्तै, थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् भने अमलेखगञ्जका झण्डै १ हजार ४सय चालक–सहचालकलाई त्यहीँ खोप दिीने सहमति पनि भएको छ ।

यस्तो महामारीमा पनि चालकलाई खोप नदिइएपछि नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *