अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ७ गते।
२१ जून अर्थात् आज यो वर्षको सबैभन्दा लामो दिन हो यसको अर्थ घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज हुनेछ । आज रात सबैभन्दा छोटो हुनेछ ।
यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ ।
सोल्स्टिस ल्याटिन शब्दबाट बनेको हो । ल्याटिन शब्द सोलको मूल अर्थ सूर्य हो । यस्तै सेस्टेयरको अर्थ स्थिर रहनु हो ।
अर्थात् दुबै शब्दलाई मिलाएर हेर्ने हो भने सोल्स्टिसको अर्थ अन्य साधारण दिनभन्दा सूर्यलाई जब धेरै बेरसम्म देखिन्छ भने त्यसलाई समर सोल्स्टिस भनिन्छ ।
पृथ्वी आफ्नो कक्षमा सूर्यको चक्कर लगाउँछ र कक्षमा पृथ्वीको स्थितिका अनुसार दिन र रात निर्धारण हुन्छ ।
अर्थात्, २१ जूनमा सूर्यको चक्कर लगाउँदै पृथ्वी यस्तो स्थितिमा हुनेछ जहाँ धेरै बेरसम्म सूर्यको किरण पृथ्वीमा पर्नेछ ।
२१ जूनलाई उत्तरी गोलाद्र्धको देशमा गर्मीको सुरुवात पनि भनिन्छ ।
यद्यपि, यतिबेला दक्षिण गोलाद्र्धका देशमा ठिक विपरित हुन्छ, यहाँ यसलाई चिसो मौसमको सुरुवातको रुपमा हेरिन्छ ।
अर्थात् जतिबेला उत्तरी गोलाद्र्धका देश समर सोल्स्टिस मनाइरहेका हुन्छन् त्यतिबेला अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण अफ्रिका र ब्राजिलजस्ता दक्षिण गोलार्द्धका देशमा विन्टर सोल्स्टिस मनाइनेछ ।