पुर्व मन्त्री महासेठ ज्युद्धारा राष्ट्रिय धान रोपाइ दिवसको अवसरमा सम्पुर्ण अन्नदाता तथा श्रमजीवी वर्गमा शुभकामना

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,असार १५ गते।

१८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवको  अवसरमा पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री मा. रघुवीर महासेठ ज्युको प्रमुख आतिथ्यमा अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमितिद्धारा “धान उत्पादनमा वृद्धि , खाद्य सुरक्षामा समृद्धि” नाराको साथमा  आयोजित राष्ट्रिय धान रोपाइ दिवस कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रघुवीर महासेठले नेपालको सम्पुर्ण अन्नदाता किसान र श्रमजीवीबर्गमा यो १८ औं राष्ट्रिय धान दिवसको बधाई तथा शुभकामना दिनु भएको छ।

धान रोपाई कार्यक्रममा  कृषकहरु संगै मन्त्री महासेठ सहभागी भएका थिए । साथै किसानलाई आधुनिकतामा ल्याउन सरकार लागि परेको र सिचाइमा कुनै समस्या हुन नदिन सरकार अगाडि बढी सकेको र मलजल लगायत किसानको सम्पूर्ण समस्या समाधान गर्न आफू चौबीसै घन्टा तत्पर रहेको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *