अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २३ गते।
३० लाख बराबरको मोबाइल सिमरा प्रहरीले बरामद गरेको छ।
जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्ज सडकमा प्रहरीले एउटा बोलेरोबाट भन्सार छलेर ल्याइएका मोबाइल बरामद गरेको हो।
प्रदेश २-०३0००१ च १४३ नम्बरको बोलेरोबाट प्रहरीले विभिन्न कम्पनीका १५ सय २० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
गाडी र मोबाइलसहित चालक बारा कोल्वी नगरपालिका-४ का पदमबहादुर घिमिरेलाई पक्राउ गरिएको सिमराका प्रहरी नायब उपरीक्षकले बताए।
‘आवश्यक बिल बिजक नभएकोले बरामद गरी भन्सार कार्यालय बुझाइएको छ,’ उपरीक्षकले भने।