दार्चुलामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आज र भोली लगाइदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २५ गते।

दार्चुलामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आज र भोली लगाइदै छ ।

जिल्ला कोभिड—१९ खोप अनुगमन तथा समन्वय समितिको बैठकले जिल्लामा २५ र २६ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेबमोजिम खोप दिइन लागेको हो ।

गत जेठ २७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिइन लागेको खोप सुपरभाइजरले बताए ।

५५ वर्षमाथिका तथा लक्षित उमेर समूहका छुट नागरिकहरुलाई दोस्रो डोज दिइन लागेको उहाले बताए । देशका अन्य जिल्लामा ६० वर्षमाथिका नागरिकलाई मात्र खोप लगाइएपनि दार्चुलामा भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप दिइदै छ ।

जिल्लाका नौ वटै स्थानीय तहका २० खोप केन्द्रबाट भेरोसेल खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *