रौतहटको बस्तिपुरमा दुई समूहबीच झडप

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,असार २५ गते।

रौतहटको बस्तिपुरमा दुई समूहबीच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।

बिहीबार राती १० बजे १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच सार्वजनिक जग्गाको बिषयमा भनाभनपछि झडप भएको हो ।

घाइतेहरुको चन्द्रपुरस्थित अस्पतालमा प्रहरीको निगरानीमा उपचार भैरहेको रौतहटका प्रहरी प्रमुख एसपीले जानकारी दिए ।

घटनाबिवरण अनुसार स्थानीय श्रीराम चौधरीले गाउँको  १ बिगहा १८ कठ्ठा सार्वजनिक जग्गा जालझेल गरि केही समय अघि आफ्नो नाममा गराएका थिए ।

उक्त घटना सार्वजनिक भएपछि गाउँलेहरुले सार्वजनिक जग्गा फिर्ता गर्न पटक पटक छलफल गरेका थिए । तर चौधरीले जग्गा फिर्ता गर्न मानेका थिएनन् ।

यो घटनामा सवै गाउँले एकातिर र चौधरी परिवार अर्कोतिर छन् । यहीँ विवादमा गाउँलेहरुले चौधरीको परिवारलाई नै बहिष्कार गरेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *